ट्वाँ
एकताका म साहित्यिक पत्रिका प्रकाशन गर्थे । त्यही सिलसिलामा त्यसबेलाका जल्दाबल्दा कथाकारसँग एकदिन रचना माग्न उहाँको घर पुगें । भेटेँ, नमस्कार आदानप्रदान पछि एकैछिन भलाकुसारी गरें । मैले पत्रिकाको लागि रचना पाउँछु कि भनेर आएको भन्ने बित्तिकै मलाई त काँच्चै खाउँला जस्तै गरी मुर्मूरिंदै रिसाएर हेरे, अनि भट्ट्ट पड्के । के के भने भने । अन्तिममा– तपाईंहरू आउने बित्तिकै रचना दिन के मेरो दिमाग टुथपेष्ट हो र ! तलबाट निचोर्दा माथिबाट निस्कने ! म त ट्वाँ ।
वास्तविक पहिचान
त्यसबेलाका साहित्यिक पत्रिकाहरूलाई मेरो वास्तविक नाम माणिकरत्न शाक्यबाट रचना पठाएँ । कुनैमा पनि छापिएन ।
मैले एकदिन ती रचनालाई पुनः साफी गरेर तिनै साहित्यिक पत्रिकामा सुश्री रेशमा शाक्यको नामबाट रचना पठाएँ । भटाभट छापियो पनि ।
पछि मेरो वास्तविक पहिचान थाहा पाएर सम्पादकहरू मुर्छा पर्ने गरी हाँसे ।
– चाबहिल सरस्वतीनगर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment