Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


 ट्वाँ

एकताका म साहित्यिक पत्रिका प्रकाशन गर्थे । त्यही सिलसिलामा त्यसबेलाका जल्दाबल्दा कथाकारसँग एकदिन रचना माग्न उहाँको घर पुगें । भेटेँ, नमस्कार आदानप्रदान पछि एकैछिन भलाकुसारी गरें । मैले पत्रिकाको लागि रचना पाउँछु कि भनेर आएको भन्ने बित्तिकै मलाई त काँच्चै खाउँला जस्तै गरी मुर्मूरिंदै रिसाएर हेरे, अनि भट्ट्ट पड्के । के के भने भने । अन्तिममा– तपाईंहरू आउने बित्तिकै रचना दिन के मेरो दिमाग टुथपेष्ट हो र ! तलबाट निचोर्दा माथिबाट निस्कने ! म त ट्वाँ ।


वास्तविक पहिचान

त्यसबेलाका साहित्यिक पत्रिकाहरूलाई मेरो वास्तविक नाम माणिकरत्न शाक्यबाट रचना पठाएँ । कुनैमा पनि छापिएन ।

मैले एकदिन ती रचनालाई पुनः साफी गरेर तिनै साहित्यिक पत्रिकामा सुश्री रेशमा शाक्यको नामबाट रचना पठाएँ । भटाभट छापियो पनि । 

पछि मेरो वास्तविक पहिचान थाहा पाएर सम्पादकहरू मुर्छा पर्ने गरी हाँसे ।

– चाबहिल सरस्वतीनगर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment