हिमरंगी वस्त्रमा सजिएकी थिई पार्वती । तथापि सौन्दर्यमा रत्तिभरको कमी आएको थिएन । कमी थियो त केवल त्यो रंगको जसले उनको जीवनलाई पूर्णता दिन सक्थ्यो ।
उनको बिलौना थियो, मेरो जीवनको कुचिकार समयको गर्भमा विलीन भएपछि म एक रंगी भए !
आज, झ्यालबाट पूर्व दिशा नियालिरहँदा सम्पूर्ण परिवेश विविध रंगहरूमा घोलिएर जीवनको आकार बन्दै थियो ।
उसले प्रश्न राखी आफैलाई, “क्षणभरको उडन्ते रंगले जीवन अनन्तसम्म रंगीन होला कि नहोला ? आत्माको गहिराइसम्म प्रेम–रंग ओतप्रोत नभइ जीवन सार्थक होला कि नहोला ?’’
फागुको रंगको शीतलतामा उनीभित्र उमङ्गको वर्षा भयो । उनको आकांक्षाको आवाज हिमालहरूमा ठोकिएर कर्कश प्रतिध्वनी भयो ।
“जीवनमा पोतिएको यो श्वेत रंगले साँच्चै पुनर्जीवन पाउँछ?“
अनि पूर्व दिशाबाट झुल्किएको घामको लालीले पार्वतीको मनको ढोका ढकढक्यायो ।
त्यो बिहानी उनको हृदयमा छ्यापियो । उनका गुलाफी अधरहरूले नथाकुन्जेल जीवनको गीत गाइरहे, “धन्यवाद प्रिय ! तिम्रो रंगमा म डुबिसके !’’
– सानो ठिमी, भक्तपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment