Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

तीजव्रत र दर

- प्रार्थना खनाल जोशी



न कुन समयको कुरा गर्दैछौ तिमी?

उसका प्रश्नमा रेशमले उत्तर दियो, ”समय अनुसार नबद्लिए त युग परिवर्तन नै भएन नि !”

पौराणिक कथानुसार पार्वतीले शिव भगवान पति पाऊँ भनी तपस्या गर्दा तपस्याको तरिका मिलेन रे ! अनि  जगत पालनकर्ता विष्णुको प्रार्थना गर्दै उनका सल्लाह अनुसार पुनः तपस्या गरिन् । 

शिव खुसी भएर, ”तपस्या पूर्ण होस्’’ भनी आशीष दिए । उक्त अवसरमा पार्वतीले दरको रूपमा दही र केरा मात्र खाइन् भन्ने यी सब कथन पुराणमा उल्लेख छन् । 

आजकलकी पार्वतीहरू मैना दिनदेखि दरमात्र हैन मांससहित सोमरस पनि प्रयोग गरी व्रत बस्छन् । के यस्तो व्रत सफल होला त  ?

“हैन कुन समयको कुरा गर्दैछौ तिमी ?” भन्दै उसले प्रश्न गर्‍यो । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment