Monday, September 23, 2024

साभार लघुकथा (अङ्क १६ मा प्रकाशित)

निर्देशक

- पीपी कोइराला
नवकल्प लघुकथासङ्ग्रहबाट


"ए गोपालजी ! पृथ्वीमा हेर्नुहोस् भाइसाब ! हाम्रो समयको जस्तै नाचगान आएछ !"

’कस्तो के आएछ रफिसाब ?’’ नारायण गोपालले जिज्ञासा राखे ।

त्यसैबेला स्टुडियोमा लता पनि आइपुगिन् । रफिले भने, “नेपाली महिलाओं ने.’’

बोल्दाबोल्दै उनको गला भासियो अनि लताले तुरुन्तै भनिन्, ॅॅनेपाली महिलाओं ने साडीचोली पहनकर हमारी जमानेके गीतों की सुन्दर नृत्य करके बहुत बढियाँ काम की है गोपालजी ।’’

“ए तो बहुतै ठीक कुरा हुवा रफि साब । मै भि यही सोचरहा था कि नेपालीलाई सिकाउने र बिकाउने मात्रै नगरी नेपालीहरूबाट सिक्ने कुराहरू पनि लिनुपर्छ दुबैतर्फका निर्देशकहरूले ।’’ भन्दै नारायण गोपाल मुस्कुराए ।


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment