Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

समुन्द्रपार

- विश्वराज अधिकारी
आधुनिक मुगलान लघुकथासङ्ग्रहबाट



माबाका लागि सुख र आनन्द खोज्न ऊ सात समुन्द्रपार पुग्यो । सात समुन्द्रपार पुगेर उसले सुख र आनन्द दुबै भेट्यो ।


’सदा हाम्रो साथ पाउन तिमीले आफ्नो परिवार, समाज, देश, सबै सधैंका लागि त्याग्नु पर्छ ।’ सुख र आनन्दले उसलाई वाचा गराए । उसले त्यो वाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्यो ।

अहिले ऊ सुख र आनन्दसँग बसिरहेको छ । उसले वाचा गरेअनुसार अहिले उसको पारिवार, समाज र देश ऊसँग छैन ।

उसको मनमा बेला बेलमा विचार आउने गर्छ- मैले गुमाएको कुरा ठूलो हो वा पाएको कुरा ठूलो हो ?


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment