Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

फसल

- रोशन पराजुली
धरान गेट लघुकथासङ्ग्रहबाट


प्रत्येक पल्टको प्रतिप्रश्नले आजित भएको उसले प्वाक्कं मुख फोर्यो, “आफू सिन्का नभाँच्ने अर्कालाई काम लगाउने पनि कहीँ कतै हुन्छ र ?“

उसले छक्क पर्दै उसैको मुख हेरिरह्यो । आकाश खसेझै भाउन्न छुट्यो र पुनः फोर्‍यो मुख, “लाछी पागल !”

दुवैले एकआपसमा मुख हेराहेर गर्दै आफैँलाई प्रतिप्रश्न गरे मनैमन ’हुन त हो हामी आफैँ मुर्खहरू पनि कस्तो ?’

मञ्चमा बस्यो, माइक समात्यो, नचाहिने भाषण गर्‍यो, भत्ता पचायो । स्रोताहरूलाई भ्रम छर्‍यो, अनि भ्रमकै खेत जोत्यो बाली उमार्‍यो ।

फसल पाक्यो पाकेन पत्तै नहुने कस्तो होला ?


..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment